प्राथमिक विद्यालय ट्वाङट्वाङ्गेको नयाँ भवन उद्घाटन

सिन्धुली, ८ जेठ । गोलन्जोर गाउँपालिका वडा नं. ४ ट्वाङट्वाङ्गेमा अवस्थित  प्राथमिक विद्यालय ट्वाङट्वाङ्गेको नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण समारोह आज सम्पन्न  भएको छ।
 भवन उद्घाटन तथा हस्तान्तरण समारोहका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष शंकर राज बरालले भने, “यो नयाँ भवन केवल इमारत मात्र होइन, यो हाम्रो सामुदायिक एकताको प्रतीक हो। यसले हाम्रा साना बच्चाहरूलाई उच्च शिक्षा प्राप्त गर्न राम्रो वातावरण प्रदान गर्नेछ। हामी स्थानीय सरकार, सहयोगी संस्था र समुदायको साझा प्रयासलाई सराहना गर्दछौँ।”
विद्यालय भवन ब्याक टू लाइफ ई भी जर्मनीको आर्थिक सहयोग र सामुदायिक पद्धति विकास सेवा सिन्धुलीको प्राविधिक सहयोगमा निर्माण भएको हो। ४ कोठे पक्की संरचना र फर्निचर सहितको यस भवनको कुल लागत १ करोड ४ लाख ३८ हजार ५ सय ६८ रुपैयाँ १ पैसा रहेको छ।
 कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, ब्याक टू लाईफको कार्यक्रम निर्देशक डेकेन्द्र लाल ढकाल, वडा अध्यक्ष भक्त बहादुर भुजेल (अर्जुन), र कृष्ण प्रसाद पोख्रेल (केपी), ब्याक टू लाईफ म्यानेजर अनुप पौडेल लगायत अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरू उपस्थिति रहेको थियो।
 विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुवन आले मगरले निर्माण समिति, सहयोगी संस्था र स्थानीय समुदायलाई आभार व्यक्त गर्दै यो भवनले शिक्षा क्षेत्रमा ठुलो योगदान दिने विश्वास बताए।
 नयाँ भवनले स्थानीय विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर