सुनकोशी नदीमा बेवारिस पुरुषको शव फेला

सिन्धुली। सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ७, तल्लो बजार नजिक सुनकोशी नदीमा एक बेवारिस पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो करिब ३ बजे नदीमा बग्दै आएको पुरुषको शव देखिएपछि स्थानीय प्रहरी कार्यालय खुर्कोटलाई सूचना पुगेको थियो। घटनास्थलमा प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र गोताखोर दल पुगेर शव निकाल्ने कार्य सम्पन्न गरे।
शव करिब ४०–४५ वर्ष उमेरको देखिने पुरुषको रहेको छ। उनको दाहिने हातको नाडीमा ‘NURJIT’ लेखिएको ट्याटु, दाहिने कानमा चाँदीजस्तो दुईवटा मुद्रा र निलो कट्टुमा तीनवटा रातो धर्सा देखिएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।