सिन्धुलीमा खुल्यो, एभरेष्ट बैंकको शाखा 

सिन्धुलीमाढी: एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार गर्दै बागमती प्रदेशको सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ स्थित २ नम्बर बजारमा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।

यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै कमलामाई नगरपालिकाका मेयर पोखरेलले बैंकको उपस्थिति सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गरे ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर