हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीस्थित युवा हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ परेका छन् ।

रामेछापको सुनापती गाउँपालिका -४ घर भइ काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-६ का २९ वर्षीय दिपेन्द्र भुजेल, सर्लाहीको बाग्मती गाउँपालिका-३ घर भइ गोकर्णेश्वर नगरपालिका-२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ र काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका-७ का २८ वर्षीय अनुराग तामाङ पक्राउ परेका हुन् ।

यही वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको थियो। सो घटनापछि फरार रहेका ५ जनालाई विभिन्न मितिमा पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धमा अनुसन्धान भईरहेको एसपी बोहोराले बताउनु भयो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर