सिन्धुलीका माओवादी नेताहरू विकास बजेट माग्न हेटौँडा पुगे

जेठ ४, सिन्धुलीमाढी । सिन्धुलीका माओवादी नेताहरू हुल बाँधेर बजेट माग्न हेटौँडा पुगेका थिए ।
आइतबार (आज) हेटौँडा स्थित प्रदेश सरकार कार्यालय पुगेका जिल्लाबाट माओवादीको नेतृत्वमा निर्वाचित स्थानीय प्रतिनिधिहरूले जिल्लाको समग्र विकासका लागि विशेष बजेट व्यवस्थापन गर्न माग गरेका छन्।
माओवादी सांसद लेखनाथ दाहाल र सुष्पा भुजेलको नेतृत्वमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा (दाहाल) हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइबा र गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने सहितको प्रतिनिधिमण्डलले मुख्यमन्त्री बहादुरसिं लामा सहित प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग भेटघाट गरी सिन्धुलीमा आधारभूत संरचना, शिक्षा, स्वास्थ्य र सिँचाइ जस्ता क्षेत्रमा बजेट बढाउन आग्रह गरेका हुन्।
बजेट माग्न हेटौँडा पुगेका माओवादी नेताहरूलाई मुख्यमन्त्री बहादुरसिं लामाले मागहरूलाई गम्भीरतापूर्वक लिएको र आगामी वर्ष सिन्धुलीलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।