सिन्धुलीमा हिरोइनसहित दुई युवक पक्राउ

जेठ ४, सिन्धुली । सिन्धुलीको भीमान चेकपोष्ट खैरो हिरोइन बोक्ने दुई युवक प्रहरीको संयुक्त अभियानमा पक्राउ परेका छन्। शनिवार लागू औषध नियन्त्रण ब्युरो बर्दिबास, इलाका प्रहरी कार्यालय भिमान र ट्राफिक प्रहरीले संयुक्त रूपमा चेकिङ गर्दा यी दुईलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये एक जना काठमाडौँका ३३ वर्षीय एन्जल ओली र अर्को नुवाकोटका २९ वर्षीय सुशील लामा हुन्। जनकपुरबाट काठमाडौँ जाँदै गरेको प्रदेश नं। ३–०२–०१३ प ३८६३ को मोटरसाइकल चेक गर्दा सुशील लामाको झोलाबाट १९ ग्राम ११० मिलिग्राम खैरो हिरोइन (प्लास्टिक बाहेक) फेला परेको प्रहरीले जनाएको छ।
हाल उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा राखिएको छ भने लागू औषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद लिइएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर