युवाहरुको लागी मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सिन्धुली । युवाहरुको लागी मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । जि.एस.एस परियोजना अन्तर्गत मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा आजबाट सुरु भएको तालिम आउँदो शनिवार (जेठ ३ गते) सम्म संचालन हुने छ ।
ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा आज बाट सुरु भएको तालिममा कमलामाई र दुधौली नगरपालिका, मरिण, तीनपाटन, दुधौली, सुनकोसी र गोलन्जोर गाउँपालिकाका विभिन्न क्लबमा आबद्ध २० जना किशोर किशोरीहरुको सहभागीता रहेको छ ।
बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि.पि.ओ)मा आबद्ध साईकोलोजिष्ट प्रेमनाथ भट्टराई र प्रशिक्षक अम्बिका बलामीले तालिमको प्रशिक्षण गर्नुहुने छ ।
किशोरकिशोरी र युवाहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगमा उनीहरूको ज्ञान र व्यावहारिक सीपहरू बढाएर उनीहरूको क्षमता निर्माण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको जि.एस.एस परियोजनाका कार्यक्रम अधिकृत नवराज श्रेष्ठले जानकारी दिनु भयो ।
यसले उनीहरूलाई साथीहरूलाई सहयोग गर्न, समुदायमा आधारित मनोसामाजिक पहलहरूको नेतृत्व गर्न, सक्रिय, अनुभवमा आधारित गतिविधिहरू र मानसिक कल्याणमा खुला संवाद मार्फत साथीहरूको सिकाइमा संलग्न हुन सशक्त बनाउँछ ।
तालिम पश्चात किशोर किशोरीहरुले तालिममा सिकेका, जानेका कुराहरुलाई आफुजस्तै अन्य साथीहरु र समुदायका अन्य नागरिकलाई सिकाउँन र स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया