हेटौँडामा तीन दिने युवा सम्मेलन सुरु

हेटौंडा । हेटौंडामा प्रदेश युवा सम्मेलन भएको छ । आजबाट तीन दिन सम्म चल्ने युवा सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्घाटन् गरे । बागमती प्रदेश युवा परिषद्को आयोजनामा आज देखि हेटौंडामा तीन दिन सम्म चल्ने प्रदेश युवा सम्मेलन सुरु भएको हो ।
युवा सम्मेलन सुरु हुनु अगाडी हेटौंडाको बुद्धचोकबाट खैजेडी भजन, झाँकी सहितको र्यालीले मेनरोड हुँदै हेटौंडाको मोटल एभोकाडोमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन्का अवसरमा बोल्दै प्रदेशका मुख्यमन्त्री लामाले युवाहरुका निम्ती प्रदेश सरकारले काम गरिरहेको बताए । युवाहरुलाई लक्षित गरेर धेरै खालका सिप सिकाउने काम भएको र स्वरोजगार बन्न चाहनेहरुका लागि लगानी गरिएको बताए ।
तीन दिन सम्मको सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सिप, सृजना, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सिपमुलक तालिमको आवस्यक्ता अनी प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नता, मुख्यमन्त्रीसंग युवा बिषयक छलफल गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए । ।
सम्मेलनमा विभिन्न विषयमा ६ वटा छलफलको आयोजना गरिने उनले बताए । सम्मेलनमा युवा पुस्ताको सफलताको कथा प्रस्तुती हुनेछ ।
मंगलबारसम्म सञ्चालन हुने सम्मेलनमा देशका सातै प्रदेशका युवाको समेत सहभागिता रहेकोछ । अनलाइनमार्फत आवेदन दिएका प्रदेशभित्रका युवा, बागमती प्रदेशका ११९ वटै पालिकालाई एक, एक जना सहभागी पठाउन आग्रह बमोजिम सिफारिस भएका युवा र सातै प्रदेशका प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा युवाको सहभागिता रहेको छ । युवाहरुलाई युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्य रहेको चौलागाईले बताए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया