सिन्धुलीमा पौँडी खेल्दै दहमा डुबेर किशोरको मृत्यु

सिन्धुली। ग्वाङखोलाको खड्कुले दहमा पौँडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ। मृतक कमलामाई नगरपालिका–७ बुद्धानगरचोक निवासी प्रतिक देवकोटा (गोलन्जोर गाउँपालिका, खुर्कोटको स्थायी बासिन्दा) हुन्।
घटना बुधबार दिउँसो १२ः५० बजे घटेको हो। देवकोटा साथीहरूसँग पौँडी खेल्न गएका थिए। खेल्ने क्रममा उनी दहमा डुबिएपछि घाइते अवस्थामा सिन्धुली जिल्ला अस्पताल लगियो, तर १ः१५ बजे डाक्टरले उनको मृत्यु प्रमाणित गरे।
प्रतिक सिद्धबाबा बोडिङ स्कूलको कक्षा ९ का विद्यार्थी थिए। उनका अभिभावक उत्तम पहाडीको घरमा बस्दै आएका थिए।
स्थानीय प्रहरीले घटनाको छानबिन गरिरहेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया