लेखा समूह सिन्धुलीको क्यालेण्डर विमोचन

सिन्धुलीमाढी, ८ वैशाख । लेखा समूह सिन्धुलीले नयाँ वर्ष २०८२ सालको क्यालेण्डर प्रकाशन गरी विमोचन गरेको छ । समूहले सोमबार एक समारोहका बिच क्यालेण्डर विमोचन गरेको हो ।
लेखा समूह सिन्धुलीका अध्यक्ष पदम मगरको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले क्यालेण्डर विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले लेखा समूहले विगतदेखि भित्तो पात्रो प्रकाशन गर्दै आइरहेको बताउँदै यस वर्ष पनि निरन्तरता दिएकोमा वर्तमान नेतृत्वलाई धन्यवाद दिए ।
कोष तथा लेखा नियन्त्रक हरिहर शर्मा तिवारीले हालसम्म खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई अझै क्रियाशील बनाइराख्न सुझाव दिए ।
कार्यक्रममा कमलामाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई , करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख मनोज कुमार न्यौपाने सर लगायतको सहभागिता रहेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया