फिक्कल गाउँपालिकाले एसइई दिएर बसेका विद्यार्थीहरूलाई जीवनोपयोगी सीप तालिम दिने

सिन्धुली २ वैशाख २०८२ । फिक्कल गाउँपालिकाले एसइई (SEE) परीक्षाको नतिजा प्रकाशनको प्रतीक्षामा बसेका विद्यार्थीहरूलाई रुचि अनुसारको जीवनोपयोगी सीप तालिम दिने तयारी गरेको छ। विद्यार्थीहरूलाई व्यावसायिक तथा व्यावहारिक शिक्षा प्रदान गरी उनीहरूको क्षमता विकास गराउने लक्ष्य गाउँपालिकाले राखेको छ।
गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले विद्यार्थीहरूको रुचि र आवश्यकतालाई प्राथमिकता दिँदै उनीहरूको भविष्य उज्ज्वल बनाउन यो पहल गरिएको बताइन्। उनले भनिन्, ‘शिक्षा र सीप दुवै आवश्यक छन्। हामीले विद्यार्थीहरूलाई पहिले करियर काउन्सिल दिन्छौँ । त्यसपछि, उनीहरूको इच्छा अनुसारको सीप तालिम दिएर स्वावलम्बी बनाउने प्रयास गर्छौँ।’
कृषि, हस्तकला, कम्प्युटर प्रविधि, होटल व्यवस्थापन लगायत विभिन्न व्यावसायिक सीपहरू सिकाइने गाउँपालिकाले जनाएको छ । तालिममा सहभागी हुन चाहने विद्यार्थीहरूले वैशाख ७ गतेभित्र कार्यालयमा आवेदन दिन समेत गाउँपालिकाले सूचना जारी गरेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया