राष्ट्रिय गाउँपालिका महासंघ बागमती प्रदेशको बैठक दोलखामा सम्पन्न

सुरी । राष्ट्रिय गाउँपालिका महासंघ नेपाल (RGMN) को बागमती प्रदेश समितिको बैठक दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका कार्यालय सुरीमा सम्पन्न भएको छ।

बैठक प्रदेश समिति अध्यक्ष कर्ण थापा मगरको अध्यक्षतामा भएको बैठकले, गाउँपालिकाहरूको स्वायत्तता र सशक्तिकरण, स्थानीय सरकारले सामना गरिरहेको चुनौतीहरू, प्रदेश र केन्द्र सरकारसँग समन्वय र आगामी कार्यक्रम तथा योजनाहरू विषयमा छलफल गरेको थियो।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय गाउँपालिका महासंघ नेपाल बागमती प्रदेश समिति अध्यक्ष कर्ण थापा मगरले गाउँपालिकाहरूको भूमिका बलियो बनाउन एकताबद्ध रणनीति आवश्यक रहेको बताए। उनले स्थानीय विकासमा गाउँपालिकाहरूको निर्णयात्मक भूमिका हुनुपर्छ भन्दै केन्द्र र प्रदेश सरकारले समर्थन जुटाउन आह्वान गरे। बैठकमा प्रदेशका विभिन्न गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा सदस्यहरू उपस्थित थिए। यसले गाउँपालिका स्तरबाट उठ्ने समस्याहरू समाधान गर्ने दिशामा सकारात्मक पहलको रूपमा लिइएको छ


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर