युवा फुटबल प्रतिभालाई बढावा दिने हाम्रो प्रतिबद्धता : गाउँपालिका अध्यक्ष बराल

गोलन्जोर, २०८१ । दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८१ को समापन अवसरमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले स्थानीय युवा फुटबल प्रतिभाहरूलाई राष्ट्रिय तहसम्म लैजाने प्रतिबद्धता जाहेर गरे ।

उनले भने, “यस प्रतियोगिताले हाम्रा युवाहरूको खेल प्रतिभा, एकता र अनुशासनलाई उजागर गरेको छ । गाउँपालिकाले खेलकुदलाई सदैव प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने छ ।”

विजेताहरूलाई बधाई दिँदै अध्यक्ष बरालले युवाहरूलाई खेलकुदमा सक्रिय रहन आह्वान गरे । गाउँपालिका अध्यक्ष बरालले भने, “खेलकुद नै राष्ट्र निर्माणको आधार हो । हामीले स्थानीय स्तरबाट नै प्रतिभाहरू पहिचान गरी उनीहरूलाई राष्ट्रिय तहसम्म पुर्याउने प्रयास गर्नुपर्छ ।”

यस अवसरमा प्रतियोगिताका खेलाडीहरू, स्थानीय नागरिक, सुरक्षाकर्मी, सञ्चारकर्मी, कोच तथा समर्थकहरूलाई समेत आभार व्यक्त गर्दै उनले आगामी वर्ष यसभन्दा ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्ने योजना पनि सुनाए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर