ऐतिहासिक सिन्धुलीगढी युद्धका नायक वंशु गुरुङ सम्मानार्थ हुलाक टिकट जारी

सिन्धुली । सिन्धुलीगढीमा अंग्रेजलाई विश्वमा पहिलोपटक पराजित गर्ने सिकारी सरदार वंशु (वंश) गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ ।

हुलाक सेवा विभागले काठमाडौंमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटमा टाँचा लगाए ।

बि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धमा गोर्खाली फौजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै सिकारी सरदार वंशु (वंश)  गुरुङ अंग्रेज फौज परास्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वमा पहिलोपटक पराजय भोगेको सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश)  गुरुङको योगदानको सम्मान गर्दै उनको तस्वीर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो ।

लमजुङको कपुर गाउँ (को ने नासा) मा जन्मिएका सिकारी सरदार वंशु (वंश) गुरुङ बसाई सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर पुगेका थिए । उनी लेम (लाम्छाने) खलकका हुन् ।

हुलाक टिकटकमा टाँचा लगाउँदै मन्त्री गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङले नेपालको भूगोल बचाउन अतुलनीय योगदान गरेको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणाका लागि योग्य व्यक्तित्व भएको बताए ।

सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्षलाई सरकारको तर्फबाट सम्मान समेत गरिएको थियो ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर