गोलन्जोरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, वडा नं ४ को विजय सुरुवात

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ तीनकन्या खोक्लिङमा बुधवारबाट अध्यक्ष कप फुटबल प्रतियोगिता ‘२०८१’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले रेफ्री सुनाम भुजेललाई फुटबल हस्तान्तरण गरेर सुरु गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पालिकका अध्यक्ष बरालले खेलमा जीत भन्दा पनि अनुशासन महत्त्वपूर्ण भएकाले अनुशासित भएर खेल्न प्रतियोगितामा सहभागी खेलाडीलाई आग्रह गरे ।

उद्घाटन खेलको पहिलो हाफसम्म बराबरी रहेको खेलको अन्तिम समयमा नवीन पुलामीले गोल गरेसँगै वडा नं ६ लाई १ गोलले पराजित गरेर वडा नं ४ विजय भएको छ ।

प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्ने टिमलाई ६२ हजार ५ सय, द्धितिय हुने टिमलाई ३७ हजार ५ सय र तृतीयलाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।

साथै, उत्कृष्ट गोल कर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट खेलाडी लाई तीन / तीन हजार पुरस्कारको साथमा प्रमाणपत्र प्रदान गरिने छ । पालिकाको ७ वटा वडा र १ कर्मचारीको टिम गरी खेलमा ८ वटा टिम को सहभागिता रहेको छ ।

गोलन्जोर गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको २९ गते शुक्रवार फाइनल खेल सँगै समापन गरिने छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर