दुधौलीमा मोटरसाईकल र ईभी गाडी ठोक्किँदा एकको मृत्यु, नौ घाईते

सिन्धुली । मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ४ एकहटियामा मोटरसाईकल र ईभी गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
बिहिबार बिहान ८ः२० बजेको समयमा उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१ ज ४४५ नम्बरको ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ गइरहेको प्र २–०१– ००१–प ७०११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको थियो ।
मोटरसाइकल र ईभी गाडी एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक तीनपाटन गाउँपालिका १० औलडाँडाका २६ वर्षिय प्रेम राना मगरको मृत्यु भएको छ ।
उनको नगर अस्पताल, सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए ।
ईभी गाडीमा सवार उदयपुरको त्रियुगा नगरपालिका ११ की ४३ बर्षीया रुक्मा बस्नेत खड्का, लालपत्ता गाउँपालिका ६ की २९ बर्षीया रोशनी माया तामाङ, त्रियुगा नगरपालिका १० की ७० बर्षीया सकुन्तला बस्नेतका सोहि स्थानकी १६ बर्षीय आकृत खड्का वडा नम्बर ६ की ३५ बर्षीया तारा बि.क., वडा नम्बर ११ की ३७ बर्षीया बिन्दा कटुवाल, ७ बर्षीय सिजु राउत, रौतामाई गाउँपालिका २ का १७ बर्षीय योन्जन खड्का र दुधौली नगरपालिका ८ की ४८ बर्षीया चुडा कुमारी मिश्र घाईते भएका छन् ।
प्रहरीले ईभी गाडी चालक उदयपुर त्रियुगा नगरपालिका ६ बस्ने ३८ वर्षीय विरेन्द्र कुमरलाई नियन्त्रणमा लिएको छ
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया