बालमैत्री स्थानीय शासन प्रवर्द्धनको लागि चनौटेमा र्याली

सिन्धुली। जिल्लाको फिक्कल गाउँपालिका ३ चनौटेमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा सचेतनाको लागि र्याली गरिएको छ ।
चण्डिका बाल क्लब, फिक्कल–३ चनौटेको आयोजना आइतबार बाल अधिकार संरक्षण, बाल विवाह न्यूनीकरण, र बाल श्रम उन्मूलनलाई लक्षित गरेर सचेतना र्याली गरिएको थियो ।
बाल विवाह, बाल श्रम तथा सरसफाइ सम्बन्धी नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गर्नुका साथै स्थानीय पसल तथा घरहरूमा ‘बाल श्रम मुक्त क्षेत्र’ र ‘म र मेरो समुदाय बाल विवाह विरुद्ध प्रतिबद्ध छौँ’ भन्ने स्टिकर टाँसिएको थियो।
वडाध्यक्ष टेक बहादुर रजन मगरले यो बालमैत्री अभियान एक जानाको नभएर सम्पूर्ण वडावासीको अभियान भएको बताए । उनले सबैले साथ दिए मात्र वडा लाई बालमैत्री वडा घोषणा गर्न सफल हुने जिकिर गरे । सबैको साथ सहयोग मिलेमा चैत्र महिना भित्रनै बालमैत्री वाड घोषणा गर्ने बताए ।
फिक्कल गाउँपालिका वडा नम्बर ३ को समन्वयमा रिलिफ नेपाल सिड्स नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको रिलिफ नेपालका फिल्ड अधिकृत शान्ति बरालले जानकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया