भरुवा बन्दुक सहित वाइबा पक्राउ

सिन्धुली, ८ चैत्र । सिन्धुली प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मरिण  गाउँपालिका–  ३ वरुण   बस्ने ४० वर्षका सूर्य कुमार वाइबाले भरुवा बन्दुक लिएर सिकार खेल्न  हिँडिरहेको अवस्थामा  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट   खटिएको प्रहरी टोलीले बेताल सामुदायिक वनबाट  १ थान भरुवा बन्दुक र सो बन्दुकमा प्रयोग हुने बारुद सहित फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
वाइबालाई सोमबार सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर