बहुमुखी क्याम्पसमा उम्मेदवार बनेका कार्कीलाई क्रान्तिकारीले गर्‍यो, निष्कासन !

सिन्धुली, ८ चैत । अखिल क्रान्तिकारी सिन्धुलीले विनोद कुमार कार्कीलाई सङ्गठनबाट निष्कासन गरेको छ । कार्कीले सिन्धुली बहुमुखी क्याम्पसमा भोलि शनिवार (चैत ९ गते) हुने निर्वाचनमा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको भन्दै अखिल क्रान्तिकारी जिल्ला समिति सिन्धुलीले साधारण सदस्यसमेत नरहने गरी कार्कीलाई सङ्गठनबाट निष्कासन गरेको हो ।

जिल्ला अध्यक्ष सुमन रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भोलि हुन गइरहेको स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै संयुक्त प्यानल बनाई निर्वाचनमा सहभागी हुने अनेरास्ववियु र अखिल क्रान्तिकारी सिन्धुलीको निर्णय अनुसार सहमति कार्यान्वयन भई मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । यसै विषयलाई लिएर सिन्धुली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नेता विनोद कुमार कार्कीले सङ्गठनको निर्णय विपरीत स्वतन्त्र ढंगले अध्यक्ष पदमा उम्मेदवारी दिएको र पटक पटक संगठन र पार्टी नेतृत्वको अनुरोध लाई समेत कुनै प्रवाह नगरी अटेर गरेकाले साधारण सदस्य समेत नरहने गरी सङ्गठनबाट निष्कासन गरिएको छ ।’

तुलसीराम भुजेल अध्यक्ष र विष्णु पाण्डे सचिवको नेतृत्वमा रहेको संयुक्त प्यानललाई मतदान गर्न क्रान्तिकारीले अपिल गरेको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर