एसइई परीक्षाको पहिलो दिन शान्तिपूर्ण, सिन्धुलीमा ७९ विद्यार्थी अनुपस्थित

सिन्धुली । आजबाट सुरु भएको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । पहिलो दिनको परीक्षामा सिन्धुली जिल्लाबाट७९ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
पहिलो दिन साधारण धार तर्फ ४५, प्राविधिक धारतर्फ १ जना छात्रा र ग्रेड वृद्धितर्फ ३३ गरी ७९ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख मोहन सुनुवारले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको अनुसार ५ हजार ५१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षाका लागि जिल्लाभर २७ वटा परीक्षा केन्द्रहरू तोकिएको छ । भोलि अनिवार्य नेपाली विषयको परीक्षा हुँदै छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया