नुहाउँन जाँदा खोलामा डुबेर एक किशोरीको मृत्यु
सांकेतिक तस्विर
सिन्धुली । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनपाटन गाउँपालिका १ छरछरेकी १७ वर्षीया सोमकुमारी चौहान रहेकी छन् ।
हिजो दिउँसो स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुब्दा चौहान गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते भएकी चौहानलाई प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा सामान्य उपचार पश्चात थप उपचारका लागी जिल्ला अस्पताल सिन्धुली ल्याईएको थियो ।
उपचारका क्रममा हिजो बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया