सिन्धुलीको सरस्वती क्याम्पसमा अखिल क्रान्तिकारीका सुडी विजयी

सिन्धुलीमाढी । सिन्धुलीको दुधौलीस्थित सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा अखिल क्रान्तिकारीका विवेक शाह सुडी विजयी भएका छन् ।

अखिल क्रान्तिकारीबाट उम्मेदवार बनेका सुडीले ८९ मत प्राप्त गरेर विजयी भएका छन् । अनेरास्ववियुका लोकहरि अधिकारीले ७१ मत प्राप्त गरेका थिए भने, नेविसंघकी तुलशा बरालले ५९ मत प्राप्त गरिन् ।

यसैगरी सचिव अखिल क्रान्तिकारीका फहारन अख्तर र कोषाध्यक्षमा नेविसंघकी प्रमीला बराल निर्वाचित भएकी छिन् । सदस्यमा नेविसंघका रन्जु अधिकारी, निकेश कुमार दनुवार,  अखिल क्रान्तिकारीका सरोज पाण्डे अनेरास्ववियुका सुस्मिता धमला र विनीता अधिकारी विजयी भएका छन् ।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले एकल प्रतिस्पर्धा गरेका थिए । निर्वाचन समितिका अनुसार  ३४२ मतदाता रहेकोमा २३० मत खसेको थियो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर