सिन्धुलीको कमला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका विवेक लुइँटेल विजयी

सिन्धुलीमाढी । सिन्धुलीको दुधौलीस्थित कमला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका टेक प्रसाद लुइँटेल (विवेक) विजयी भएका छन् ।

अनेरास्ववियुबाट उम्मेदवार बनेका लुइँटेलले १२१ मत प्राप्त गरेर विजयी भएका छन् ।

यसैगरी सचिव अनेरास्ववियुकी प्रमीला पोखरेल र कोषाध्यक्षमा नेविसंघकी जमुना कार्की निर्वाचित भएकी छिन् । सदस्यमा दीपिका कुमर, सुस्मा थापा मगर, सविता ढुङ्गाना र दोजबहादुर थापा  विजयी भएका छन् ।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले एकल प्रतिस्पर्धा गरेका थिए । निर्वाचन समितिका अनुसार ४६८ मतदाता रहेकोमा २९० मत खसेको थियो।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर