कमलामाई – १२ ले चुम्यो, नगर स्तारीय शिक्षक भलिबलको उपाधि

सिन्धुली । सिन्धुलीमाढीमा सञ्चालित कमलामाई नगरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता -२०८१ को उपाधि वडा नं. १२ ले जितेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिको आयोजनामा सिन्धुलीमाढी खुलामञ्च खेलमैदानमा आज सोमबार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा वडा नं ६ (क) लाई २५–१८, २५–१९, २४–२६ र २५–१९ अर्थात् ३-१ को सेटमा पराजित गर्दै वडा नं -१२ रानीचुरीले उपाधि जितेको हो ।
उपाधि संगै उसले नगद २० हजार, कप, मेडल प्रमाणपत्र हात पार्यो । फाईनलमा सम्मानजक हार ब्यहोरेको वडा नं ६ उपबिजेतामा सीमित रहँदै नगद १५ हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै कमलामाई ११ तृतीय भयो । उसले नगद १० हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्यो ।कमलामाई -१२ का ईश्वरराज दाहाल उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा कमलामाई नगरपालिका भित्रका ११ वटा शिक्षक समूहले भाग लिएका थिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया