सिन्धुलीका ४ क्याम्पसमा रोकियो, स्ववियु निर्वाचन !

सिन्धुलीमाढी । सिन्धुलीका ४ क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )निर्वाचन नहुने भएको छ।
नेपाली कांग्रेस निकट नेविसंघले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दिएपछि एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेको सुनकोशी क्याम्पस, भीमज्योति शिक्षा क्याम्पस खुर्कोट, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार र गौमति बहुमुखी क्याम्पस माढीबजारमा चैत ५ गतेका लागि तय भएको मितिमा निर्वाचन सम्भव नभएपछि ९ गतेका लागि तोकिएको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा आज साँझ विद्यार्थी संगठन तथा राजनीतिक दलका नेताहरूसँग भएको छलफलबाट चैत ९ गतेका लागि निर्वाचनको मिति तय गरेको हो ।
यता मरिण बहुमुखी क्याम्पस कपिलाकोट, सरस्वती क्याम्पस डकाहा र कमला बहुमुखी क्याम्पस दुधौलीमा भने चैत ५ (भोली) निर्धारित मिति मै चुनाव हुने भएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया