सिन्धुलीका ६ क्याम्पसको सभापतिमा यी हुन् अनेरास्ववियुका उम्मेदवार

सिन्धुली ।  २०८१ को चैत ५ गते जति जति नजिकिँदै छ सिन्धुलीमा विद्यार्थी राजनीतिक वातावरण उति उति तात्तिदै छ । राजनीतिक तापमान बढेसँगै विद्यार्थी नेता र राजनीतिक दलका नेताहरूको कोठे बैठक, छलफल, भेटघाट बाक्लिँदै गएको छ । राजनीतिक ध्रुवीकरणमा पनि तीव्रता र कठोरता बढदै छ । कारण हो आगामी ५ चैतमा हुने  स्ववियु निर्वाचन ।

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विद्यार्थी सङ्गठनहरू उमेद्वारा मनोनयन गरे सँगै चुनावी मैदानमा होमिएका छन् । अब हुने निर्वाचनमा जसको बाहुल्यता हुन्छ उसको राजनीतिक व्यक्तित्वमा ओज थपिने छ ।

सिन्धुलीमा आफ्नो वर्चस्व कायम राख्न विद्यार्थी सङ्गठनहरू अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी बिच सिधा टकराब सुरु भएको छ ।

शिद्वज्योती शिक्षा क्याम्पस फोस्रेटार, गौमती बहुमुखी क्याम्पस माढीबजार, सुनकोसी क्याम्पस रामटार र भिमज्योती क्याम्पस खुर्कोटमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले गठबन्धन गरेका छन् । भने मरीण बहुमुखी क्याम्पस कपिलाकोटमा अनेरास्ववियु र नेवसंघले गठबन्धन गरेर अखिल क्रान्तिकारीलाई परास्त गर्ने जमर्को गरेका छन् । तीनपाटन गाउँपालिका ३ क्याम्पसहरूमा तीन वटै विद्यार्थी सङ्गठनहरूले १/१ वटा क्याम्पस भागबण्डा गरेका छन् । तीनपाटनको त्रिपुरेश्वर शिक्षा क्याम्पस एमाले निकट अनेरास्ववियुले पाएको छ । विद्यार्थी सङ्गठनहरू आफ्नो वैभव जोगाउन सघर्ष गरिरहेका छन् ।

सिन्धुलीका १० सामुदायिक क्याम्पसहरूमा स्ववियु चुनाव हुँदै छ भने सिन्धुली बहुमुखी क्याम्पस ढुंग्रेबासमा मतदाताको विषयलाई लिएर विवाद हुँदा स्ववियु निर्वाचन अन्योल भएको छ । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले क्याम्पस प्रशासनले मतदाताको सङ्ख्या बढाएको आरोप लगाएका छन् । यस विषयमा विवाद भएपछि निर्वाचन अधिकृत दुर्गा प्रसाद अधिकारीले राजीनामा दिएका छन् ।  अधिकारीको राजीनामा पछि स्ववियु निर्वाचनको कार्य तालिका अवरुद्ध भएको छ । स्वतन्त्र विद्यार्थी युनियनका (स्ववियु) चुनावका लागि एमाले निकट अनेरास्ववियुले सिन्धुलीका ६ सामुदायिक क्याम्पसमा मनोनयन दर्ता गराएको छ ।

अनेरास्ववियु सिन्धुलीका सहसचिव शरद बरालका अनुसार अखिल क्रान्तिकारीसँग गठबन्धन गरेर अनेरास्ववियुले गौमती बहुमुखी क्याम्पसमा शेषकान्त दाहाल (मुकेश) र भीमज्योति शिक्षा क्याम्पस खुर्कोटमा लक्ष्मी श्रेष्ठको मनोनयन दर्ता गरेको छ ।   भने मरिण बहुमुखी क्याम्पसमा नेविसंघ संघ गठबन्धन गरेर दीपेश मैनालीलाई सभापतिको उमेद्वारी दर्ता गरेको छ । यता सरस्वती क्याम्पस डकाहामा लोकहरि अधिकारी (विनय) र कमला बहुमुखी क्याम्पस दुधौलीमा टेक प्रसाद लुइँटेल (विवेक) को नेतृत्वमा एकल मनोनयन गरेर चुनावी प्रतिस्पर्धामा गर्ने भएको छ ।

त्यस्तै तीनपाटनको त्रिपुरेश्वर शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी निरुता सुर्यबशीं आले मगरले मनोनयन दर्ता गरेकी छिन् । हिजो मङ्गलवार नै निर्विरोध बन्ने निरुतालाई नेविसंघले पनि उमेद्वारा मनोनयन दर्ता गरेपछि निर्विरोध हुन सकेन । सहमति अनुसार नेविसंघको उमेद्वारा फिर्ता लिएर सर्वसम्मत गर्ने तयारी रहेको  अनेरास्ववियु सह-सचिव बरालले जानकारी दिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर