खाङ्गसाङ प्रहरी चौकी अब आफ्नै भवनमा

सिन्धुली । स्थानीय नागरिकहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्गसाङ्ग प्रहरी चौकी भाडाको घरबाट आफ्नै नवनिर्मित भवनमा सरेको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला एबम् कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले संयुक्त रुपमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्धघाटन गरेका थिए ।

बागमती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५ सय चौबीस रुपैयाँ २० पैसा लागतमा आर आर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते निर्माण सम्झौता गरेको थियो ।

समारोहमा उपस्थित फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले यस चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनता सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै योजनाबद्ध रूपमा सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने बताइन् ।

स्थानीय बासिन्दाहरूले पनि यस नयाँ प्रहरी चौकीको स्थापनालाई सकारात्मक रूपमा लिँदै यसले क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउने आशा व्यक्त गरेका छन् ।

प्रहरी चौकीको भवन उद्घाटन कार्यक्रममा बागती प्रदेश कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा, फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, प्रमुख जिल्ला अधिकारी लिला प्रशाद शर्मा शुभकामना मन्तव्य व्यक्त गरेका थिए  ।

यो प्रहरी चौकी स्थानीय बासिन्दाहरूको सुरक्षा, अपराध नियन्त्रण र आपत्कालीन सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको हो । प्रहरीको उपस्थिति बढाउनुका साथै अपराधिक गतिविधिहरू नियन्त्रण गर्न पनि मद्दत गर्ने अपेक्षा छ ।

प्रहरी चौकीको निर्माण र उद्घाटनले सरकारले सुरक्षा क्षेत्रमा गरिरहेको प्रयासहरूको एक महत्वपूर्ण पाइला हो भन्ने मान्यता व्यक्त गरिएको छ । भने मध्यपहाडी लोकमार्गको सुरक्षा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर