प्रेस चौतारी बागमती प्रदेश सचिवमा सिन्धुलीका घिमिरे निर्वाचित

सिन्धुली । प्रेस चौतारी नेपाल बागमती प्रदेश सचिवमा सिन्धुलीका लक्ष्मण घिमिरे सहित दुई सदस्य निर्वाचित भएका छन् ।

प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको फागुन ११ र १२ गते चितवनमा सम्मपन  दोस्रो अधिबेशनबाट सचिवमा सिन्धुलीका घिमिरे सहित सदस्यहरुमा रविन्द्र भट्टराई र दीपा भण्डारी  र्निविरोध निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित घिमिरे सिन्धुली सदरमुकाम सिन्धुलीमाढी स्थित रेडियो सिन्धुलीगढीका अध्यक्ष समेत हुन् । त्यस्तै समितीको अध्यक्षमा तिलकराम रिमाल निर्वाचित भएका छन् ।  भने उपाध्यक्षमा  प्रज्ज्वल पौडेल, तारादेवी बस्नेत,  महासचिव प्रकाश दाहाल, कोषाध्यक्ष रामशरण दुलाल, सचिव लक्ष्मण घिमिरे,  गोविन्द घिमिरे, भोला पौडेल, नवराज श्रेष्ठ, रूपक कोइराला र जगत तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा दीपेन्द्र अधिकारी, राजेश घिमिरे, आरती ढकाल, कविराज ढकाल, विवश अधिकारी, राजाराम डङ्गोल, दीपक बिक्रम देउजा, पुरुषोत्तम रिजाल,रविन ढुङ्गाना, दीपा भण्डारी, रविन्द्र भट्टराई, देवराज सुवेदी, रुपक कालिराज, अमिर रामदाम, सुदिप अधिकारी, रामेश्वर रिजाल र सुनिता विष्ट निर्वाचित भएका छन् ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर