अब बिपि राजमार्गको पुननिर्माणको काम तीब्र गतिमा अघि बढ्छः मन्त्री दाहाल
 
 													२७ माघ २०८१, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोले क्षति पुगेको बिपि राजमार्गको पुननिर्माणको काम अब तीब्र गति अघि बढने बताएका छन् । उनले बाढीले क्षति पुगेको सडको पुनिर्माण गर्ने विषय अध्ययनबाट टुंगो लागेको बताउदै अब सरकारले तत्काल नै पुननिर्माणको काम अघि बढने बताएका हुन् । केही दिन अघि मात्र उनले मन्त्रालयको सचिव केशव कुमार शर्मा, सडक विभागको महानिर्देशक रामहरि पोखरेलसहितको टोलीबाट सडकको स्थलगत अनुगमन भएको थियो ।
सरकारको ट्रेजरीबाट बाढी प्रकोपको शिर्षकमा पैसा छुट्टीएको र अव तिव्र गतिमा वीपी मार्ग बन्ने मन्त्री दाहालले विश्वास व्यक्त व्यक्त गरे । मन्त्रालयले गरेको प्राविधिक अध्ययन अनुसार करिब १२ किलोमिटर सडकको पुननिर्माण गर्न झण्डै ९ अर्ब रुपैयाँ लाग्नेछ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							

 यो साता चर्चामा :
                                यो साता चर्चामा :
                            
 
 											 
 											 
 											 
 											 
 											 
  
  
  
  
 ![सिन्धुलीबाट एमाले विधान महाधिवेशनमा ३१ प्रतिनिधि सहभागी [नामावलीसहित]](https://www.maishir.com/wp-content/uploads/2025/09/bidhan-mahadhibeshan-600x337.jpg) 
  
 
फेसबुक प्रतिक्रिया