सिन्धुलीका १४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईदै

१४ माघ २०८१,सिन्धुली ।सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप लगाईने भएको छ । सिन्धुलीका ९ वटा स्थानीय तहका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका १४ हजार ५ सय ५ र विद्यालय बाहिर रहेका १० देखि १० बर्षका १ सय १७ गरेर १४ हजार ६ सय २२ जना किशोरीलाई खोप लगाउन लागिएको हो ।

जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुसँग पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान संचालनका लागी आज (सोमबार) जनस्वास्थ्य कार्यालय सिन्धुलीले आयोजना गरेकोे अभिमुखीकरण कार्यक्रममा खोप माघको २२ गतेदेखि २८ गतेसम्म संचालन हुने जनाईएकोे छ ।

कमलामाई नगरपालिकामा कक्षा ६ देखी १० सम्मका ३ हजार ६ सय १७ र विद्यालय बाहिर रहेका ४ जना, दुधौली नगरपालिकाका कक्षा ६ देखि १० सम्मका २ हजार ९ सय ५९ र विद्यालय बाहिर रहेका ३२ जना, तीनपाटन गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ५ सय ४५ जना र विद्यालय बाहिर रहेका १० जना, फिक्कल गाउँपालिकाका कक्षा ६ देखी १० सम्मका १ हजार १ सय ११ जना किशोरीहरुलाई खोप लगाईने छ ।

त्यस्तै गोलन्जोर गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ८२ र विद्यालय बाहिर रहेका ३ जना, सुनकोसी गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४५, घ्याङलेख गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका ६ सय ९२ जना र विद्यालय बाहिर रहेका ३७ जना, मरिण गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४ सय ४४ जना, हरिहरपुरगढी गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका ९ सय ७७ जना र विद्यालय बाहिरका २९ जना किशोरीहरुले खोप लगाउँने छन् ।

अभियानमा विद्यालयमा अध्ययनरत सबैभन्दा धेरै कमलामाई नगरपालिकाका ३ हजार ६ सय १७ र सबैभन्दा कम घ्याङ्लेख गाउँपालिकाका ६ सय ९२ जना किशोरीहरुले खोप लगाउने छन् ।

खोप लगाउँनका लागीे जिल्लाभर २ सय २३ स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयमसेवक परिचालन गरिएको छ भने ३ सय ३ खोप केन्द्र निर्धारण गरिएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर