सिन्धुली बहुमुखी क्याम्पसमा ‘शारदामणि स्मृति कप’ सुरु

१३ माघ २०८१, सिन्धुली । सिन्धुली बहुमुखी क्याम्पसमा ‘शारदामणि स्मृति कप-२०२५’ भलिबल प्रतियोगिता सुरु भएको छ ।

पूर्व क्याम्पस प्रमुख स्वर्गीय शारदामणि खड्काको सम्झनामा सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको ‘शारदामणि स्मृति कप-२०२५’ ( SMC Winter Week -2025) कमलामाई नगरपालिकाका मेयर तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र कुमार पोख्रेलले  आइतबार एक कार्यक्रम बिच उद्घाटन गरेका छन् ।

सिन्धुली बहुमुखी क्याम्पस लामो समय अध्यापन गराएका पूर्व क्याम्पस प्रमुख समेत रहेका शारदामणि खड्काको क्यान्सरबाट २०८० माघ १६, मङ्गलवार निधन भएको थियो । उनकै सम्झनामा सिन्धुली बहुमुखी क्याम्पसले यस वर्षबाट  ‘शारदामणि स्मृति कप-२०२५’ भलिबल प्रतियोगिताको सुरुवात गरेको क्याम्पस प्रमुख भानुभक्त गुरुङले जानकारी दिए । क्याम्पस प्रमुख गुरुङका अनुसार एकेडेमीक र नन एकेडेमीक खेलहरू सञ्चालन गरिने छ । माध्यमिक विद्यालय स्तरीय  भलिबल प्रतियोगितामा आयोजक सिन्धुली बहुमुखी क्याम्पस सहित १३ विद्यालयले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै  ‘शारदामणि स्मृति कप-२०२५’  खुल्ला भलिबल प्रतियोगिताका खेलहरू  सोमबार बिहानबाट सञ्चालन हुनेछन् ।  टेबल टेनिस र चेस  लगायत इनडोर खेल समेत सञ्चालनमा हुने छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर