फोनिज सिन्धुलीको अध्यक्षमा पुनः गुरुङ निर्वाचित
प्रमाणपत्र ग्रहण गर्दै अध्यक्ष रोहित गुरुङ/ तस्बिरः राजकुमार श्रेष्ठ
सिन्धुली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीको अध्यक्षमा रोहित गुरुङ निर्वाचित भएका छन्। शनिवार सिन्धुलीमाढीमा सम्पन्न सातौँ साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन्।
अधिवेशनले उपाध्यक्षमा कमल सरला सुनुवार, सचिवमा कल्पना भुजेल, सहसचिवमा संगीता दिम्दोङ र कोषाध्यक्षमा गिरिजाबाबु श्रेष्ठ (जीवी) पुनः निर्वाचित भएका हुन्। सदस्यहरूमा गोमा श्रेष्ठ, झल कुमारी रजन (विमला), पुनम सुनुवार, गुणमाया मगर, आदित्य लामा, राजकुमार श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ र नानुका तामाङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धि गरी पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने (कामले खोज्ने) गरी पत्रकारहरूलाई सक्षम बनाउने गरी काम गर्ने बताए।

अधिवेशनलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व कानुन मन्त्री तथा बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले सञ्चारमाध्यमबाट सत्य तथ्य सूचनाहरू आम नागरिकसम्म पु¥याउँनु पत्रकारको पहिलो कर्तव्य रहेको बताए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया