प्रेस सेन्टर सिन्धुलीको अध्यक्षमा नेपाली

सिन्धुली । प्रेस सेन्टर नेपाल सिन्धुली शाखाको अध्यक्षमा बुद्ध नेपाली निर्वाचित भएका छन् । सिन्धुलीमाढीमा सम्पन्न पाँचौँ अधिवेशनले उपाध्यक्षमा संगीता डिम्दोङ, महिला उपाध्यक्षमा प्रतिमा बिसी,सचिवमा मनोज दाहाल, सहसचिवमा महेश ठटाल र बिर्ख बहादुर वाईबा , कोषाध्यक्षमा विशाल सतशंकर निर्वाचित भए ।
कार्यसमितिको सदस्यमा आस्था विश्वकर्मा, उर्मिला दियाली, मोतीलाल घोले, कविराज तामाङ र पवित्रा कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले मुलुकमा मौलाएको भ्रष्टाचार र बेथितिका विरुद्धमा सशक्त भएर कलम चलाउन आग्रह गरे ।
प्रेस सेन्टर नेपाल, बागमती प्रदेशका महासचिव ध्रुव अधिकारीले पत्रकार महासंघको निर्वाचनमा दुई ठुला संगठन मिल्दा पनि सेन्टरले १६ जिल्ला, बागमती प्रदेश र केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुले सेन्टरको महत्त्व रहेको बताए । प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया