बागमती र काठमाडौं उपत्यका कमिटीमा क्लाइम्बिङ स्पोर्ट्सको नयाँ कार्यसमिति गठन

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिवार आयोजित कार्यक्रममार्फत दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रवीन्द्र महर्जन र सुरज बस्नेत चुनिएका छन्। सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, अनुप सुवेदी, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।
काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा चयन भएका छन्। सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, रञ्जित पुतुवार र गंगा थापा मगर चयन भएका छन्।
ललितपुरको ज्वागलस्थित एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामाङ, विभिन्न खेलकुद संघका पदाधिकारी र क्लाइम्बिङ स्पोर्ट्सका अन्य सदस्यहरूको उपस्थिति थियो।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर