सिन्धुलीमा पाँचौँ संस्करणको ‘वीर स्मृति कप’ लन टेनिस सुरु

सिन्धुली । पाँचौँ संस्करणको “वीर स्मृति  कप  २०८१”  लन टेनिस प्रतियोगिता  सिन्धुलीमाढीमा सुरु भएको छ ।

नेपाली सेनाको सिन्धुली स्थित श्री नं ९ बाहिनी अड्डाले आयोजना गरेको प्रतियोगिताको पौष १२ गते शुक्रवार मध्य पूर्वी पृतनापति उपरथी सुदर्शन सिलवालले एक समारोहको बिच उद्घाटन गरेका थिए ।

श्री नं ९ बाहिनीका तत्कालीन बाहिनीपति प्रदीप जंग केसीले  २०७६ सालबाट सुरुवात गरेको वीर स्मृति कप लन टेनिस प्रतियोगितामा भेट्रान्स डबलतर्फ, भेट्रान्स सिङ्गलतर्फ, खुल्ला सिङ्गलतर्फ र खुल्ला डबलतर्फ २५ जना सैनिक र २ जना गैर सैनिक गरी जम्मा २७ जना खेलाडीको सहभागिता रहेको छ ।

आफ्नो देश अनि नागरिकको रक्षाका खातिर युद्धमा लड्दै आफ्नो जीवन त्याग गरी, वीरगति प्राप्त गर्ने सकल दर्जाहरूको सम्झनामा हरेक वर्ष वीर स्मृति कप लन टेनिस प्रतियोगिता गर्दै आएको  नेपाली सेनाले जनाएको छ । हालसम्म चार वटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भएको सेनाले बताइएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर