सिन्धुलीमा सिंचाईको मोटर चलाउने क्रममा करेन्ट लागेर अधिकारीको ज्यान गयो !

सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारी (दनुवार ) को हिजो करेन्ट लागेर मृत्यु भएको हो । घरबाट ७ सय मिटरको दुरीमा रहेको कमला खोलामा सिंचाईको मोटर चलाई करेसा बारीमा पानी हाल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

अधिकारीको उपचारको क्रममा हिजो दिउँसो २ बजे डकाहास्थित  नेपाल आमा मेमोरियल हस्पिटलमा मृत्यु भएको सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

अधिकारीलाई करेन्ट लागेपछि माछा मार्ने क्रममा सोही ठाउँ बस्दै आएका राम शर्माले अधिकारीलाई कमला खोलामा घोप्टो परेको अवस्थामा भेटाएर प्रहरीलाई खबर गरेका थिए । अधिकारीका पोष्टमार्टम पछि मृतकको छोराले शव बुझेका थिए ।

बिहिबार नै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मृतक अधिकारीको पार्थिव शरिरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर