सिन्धुलीमा दनुवार भाषा र लिपि लेखन प्रशिक्षण सुरु 

  • रोहित गुरुङ

दुधौली । सिन्धुलीमा पहिलो पटक दनुवार समुदायको लागि एक महिने भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु भएको छ ।

दनुवार जागरण जिल्ला समितिको आयोजना तथा हिमाली आदिवासी समाज नेपालको सहयोगमा दुधौलीमा प्रशिक्षण कक्षा सुरु भएको हो ।

 

सिन्धुलीको कमलाखोंच क्षेत्रमा बसोबास गर्ने दनुवार समुदायले आदिम काल देखि नै मौखिक रूपमा बोल्दै आएको भाषा पछिल्लो समय लोप हुँदै गएको भन्दै आफ्नो भाषा जोगाउन पनि प्रशिक्षण कक्षाको सुरुवात गरिएको दनुवार जागरण जिल्ला समितिका अध्यक्ष श्रवण कुमार अधिकारी दनुवारले बताए ।

दनुवार भाषा सर्सर्हान् पर्हल्हार लिख्लाहार कक्षा किताबलाई हिमाली आदिवासी समाज नेपालले प्रकाशन गरेको हो । ८८ पेजको उक्त किताबमा कमलाखोंचका विभिन्न दनुवार बुद्धिजीवीहरूको मौलिक रचना समेटिएको छ ।

दनुवार जागरण समितिका पूर्व जिल्ला सचिव सुमन चौधरीको सम्पादनमा रहेको मौलिक पुस्तकमा दनुवार भाषाको वर्णमालासँगै दनुवार समुदायको जन्म, बिवाह र मृत्यु, पूजाआजाको संस्कार संस्कृति लगायत २५ वटा विषयहरू मेटिएको छ ।

स्थानीय तहलाई पाठ्यक्रम बनाएर शिक्षामा समावेश गर्दा मातृभाषा संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने पुस्तकका सम्पादक चौधरीले बताउनु भयो । आफ्नो भाषा जोगाउन नयाँ पुस्तालाई मातृभाषा सिकाउनु आवश्यक भएको उहाँले बताउनु भयो । भाषालाई नयाँ पुस्तामा हस्तान्तरण नगरे इतिहास बन्न सक्ने चिन्ता रहेको भन्दै दनुवार भाषा जोगाउन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको भाषा विद् धर्मलाल कुमरले जानकारी दिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर