तीनपाटनमा निःशुल्क दन्त शिविर ७ सयले लिए सेवा

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको निःशुल्क दन्त शिविरमा शिविरमा ७ सय ८३ जनाले सेवा लिएका छन्।
गत शनिवार देखि सोमबारसम्म लाम्पानटार र बेलघारीमा सञ्चालन भएको निःशुल्क दन्त शिविरमा सात सय ८३ जनाले सेवा लिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले जानकारी दिए ।
गाउँपालिकाको आयोजना तथा समाज डेण्टल काठमाडौँको प्राविधिक सहयोगमा मुख तथा दाँत सम्बन्धी समस्या भएका बिरामीहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले बताए ।
समाज डेण्टलका मुख तथा दन्त रोग विशेषज्ञ चिकित्सक र अन्य २१ जना प्राविधिकहरूको टिमले शिविरमा सेवा प्रदान गरेका थिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया