दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी

चरीकोट। दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ।
उमाले माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई पछि पार्दै विजयी हात पारेकी हुन् । उमाले २८ सय ५ मत पाउँदा निमलेकीले २६ सय मत पाएकी छिन् । उनले २ सय ५ मतले माओवादी उम्मेदवारलाई पछि पार्दै जित निकालेकी हुन् । यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पाले १७ सय २७ मत पाएकी छिन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया