सिन्धुलीकी १४ वर्षीय किशोरी ‘जेनिशा’ बनिन् बागमती प्रदेशको मन्त्री

हेटौंडा । सिन्धुलीकी १४ वर्षीया किशोरी जेनिशा क्यापछाकी मगर बागमती प्रदेश उद्योग भूमि तथा प्रसाशन मन्त्री बनेकी छिन् ।
गैर सरकारी संस्था जनजाति समाज विकास कार्यक्रम (जेएसडीपी)ले आज आयोजित कार्यक्रममा तीपाटन गाउँपालिका-२ भीमस्थानकी जेनिशा एकदिने मन्त्री बनेकी हुन् । माननीय मन्त्री सुकमाया तामाङले किशोरी जेनिशालाई आफ्नो पद हस्तान्तरण गर्दै सिन्धुली जिल्लाको मात्र नभई समग्र बागमती प्रदेशका किशोर किशोरीहरुको समस्या समाधान गर्न र उनीहरूको वक्तित्व विकासका लागि काम गर्न सुझाव दिईन् ।
मन्त्री तामाङले नयाँ मन्त्री जेनिशालाई मन्त्रालयबाट भए गरेका कामहरुको जानकारी गराईन् । नव नियुक्त मन्त्रीले बागमती प्रदेशमा वातावरण मैत्री उद्योग स्थापना गरेर देशमा बद्दैगएको बेरोजगारी समस्या समाधान गर्न काम गर्ने बताइन् । उनले अगाडि भनिन् सबै भन्दा पहिला बेरोजगारी समस्या समाधान गर्न र बढ्दो विदेश पलायन रोक्न काम गर्ने छु । उनले बागमती प्रदेशमा किशोर किशोरीको समस्या जटिल रहेको बताउँदै यस क्षेत्रमा काम गर्न सबैको सहयोग जरुरी भएको बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्र कुमार केसीले नव नियुक्त मन्त्री जेनिशालाई मन्त्री बनेर पहिला के काम गर्नु हुन्छ भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा मन्त्री जेनिशाले बेरोजगारी अन्त्य गर्न आफूले पहिला ठूला ठूला उद्योग स्थापना गर्ने प्रष्ट पारिन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया