सिन्धुलीको बोधिचित्त माला लुटपाट प्रकरणः पक्राउ परे दूधराज तामाङ

काठमाडौं । सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणका आरोपी दूधराज तामाङ पक्राउ परेका छन् । उनलाई गएराति नौ बजे ललितपुरको हरिसिद्धीबाट प्रहरीले पक्राउ गरेको हो ।
काभ्रे घर भएका तामाङ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।
गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका- १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो । यो घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।
सत्यमान लामा र दूधराज तामाङसहित तीन जना पक्राउ परे पनि अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया