रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित

मङ्सिर १०, सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको भेलाबाट अविनाश बस्नेत सभापतिमा निर्वाचित भएका छन्।

आज सिन्धुलीमाढीमा भएको भेलाबाट बस्नेत जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्। बस्नेत यसअघि रास्वपा सिन्धुली क्षेत्र नं २ को क्षेत्रीय सभापति थिए । भेलाले सभापति बस्नेतको नेतृत्वमा ११ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ।

रास्वपा सिन्धुलीको उपसभापतिमा मरीणका बिर्ख बहादुर बोम्जन, सचिवमा कमलामाईका लालप्रसाद देवकोटा, र सह सचिवमा दुधौलीकी बसन्ती बानियाँ निर्वाचित भएका छन् । कोषाध्यक्ष भने विधान बमोजिम मनोनीत गरिने रास्वपा बागमती प्रदेश कोषाध्यक्ष मेनुका ठकुरीले जानकारी दिइन्।

त्यसै गरी सदस्यहरूमा धनेन्द्र कार्की, उद्धव सिंह घिसिङ, नारायण प्रसाद पहाडी, तारा बहादुर श्रेष्ठ, दीपेश तामाङ, भक्त माया विश्वकर्मा र सरिता माया स्याङतान सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा जीत बहादुर माझी र निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा देवी प्रसाद देवकोटालाई तोकेको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर