सिन्धुलीमा ¥याली र कोणसभा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सिन्धुली । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ आज सोमबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
सिन्धुलीमा १६ दिने अभियानको पहिलो दिन कमलामाई नगरपालिकाले ¥याली तथा कोण सभाको आयोजना गरेको छ ।
आज सोमबार कमलामाई नगरपालिका अगाडी भेला भएर प्लेकार्ड, ब्यानर सहित सुरु भएको ¥याली बजार परिक्रमा पश्चात नगरपालिका अगाडीनै आएर कोणसभामा परिणत भएको थियो ।
¥याली पश्चात भएको कोण सभालाई सम्बोधन गर्दै कमलामाईं नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले पढेलेखेको परिवारभित्रै हिंसा भईरहेकाले यसलाई रोक्न शिक्षासँगै चेतनाको समेत खाँचो रहेको बताए ।
लैङ्गिक हिंसाको अन्त्यको लागि घरघर र हरेक नागरिकसम्म सचेतना पु¥याउन आवश्यक रहेको उनको भनाई रहेको थियो । हिंसा मुक्त मुलुक बनाउँनु शिक्षक, विद्यार्थी , विभिन्न संघसंस्था र आम नागरिकको दायित्व भएको उनले धारणा राखे ।
कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मन्जु देवकोटाले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताइन् ।
कमलामाई नगरपालिकाले १६ दिने अभियान भर १४ वटै वडामा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने छ ।
¥यालीमा कमलामाई नगरपालिकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी, नगरपालिकाका कर्मचारी, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया