सिन्धुलीको भीमानमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको भीमानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी बर्दीबास नगरपालिका २ हंकङडाडा बस्ने अन्दाजी २५ बर्षीय नारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अनिल कुमार खड्काले जानकारी दिए ।
दुर्घटनामा परि गम्भिर घाईते भएका मोटरसाईकल सवार श्रेष्ठलाई उपचारका लागी सिन्धुली अस्पताल ल्याउँदा बाटोमा नै मृत्यु भएको सिन्धुली अस्पतालले घोषणा गरेको थियो ।
राती ८ बजेको समयमा कमलामाई नगरपालिका ९ ईनारपानी स्थित मदन भण्डारी राजमार्गमा भिमानबाट चन्दनपुर तर्फ जादै गरेको ना ४७ प ६६४४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पिलरमा ठोकिन गई दुर्घटना भएको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया