राष्ट्रिय फाेटाे प्रत्रकार समूह सिन्धुलीको अध्यक्षमा श्रेष्ठ

सिन्धुली । राष्ट्रिय फाेटाे प्रत्रकार समूह सिन्धुलीको अध्यक्षमा उद्धव कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सिन्धुलीमाढीमा बुधबार भएको प्रथम जिल्ला भेलाले उद्वव कुमार श्रेष्ठकाे अध्यक्ष्यतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरेको हाे ।

 

जिल्ला शाखाको उपाध्यक्षमा पत्रकार बुद्ध नेपाली, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा अशाेक काफ्ले (जे.पि.टी) काेषाध्यक्षमा कुमार दुलाल, सदस्यहरूमा गंगा विसङ्खे, दिलिप कुमार श्रेष्ठ, बिमला रजन मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा रहेका छन् ।

भेलालाई सम्बाेधन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले अहिलेकाे समयमा फाेटाे र भिडियो विनाकाे पत्रकारीता नुन नहालेकाे तरकारी जस्तो हुने बताए। उनले सिन्धुलीको सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई सकेकाे सहयोग गरिएको बताउदै आगामी दिनमा पनि सिन्धुलीकाे पत्रकारीताकाे विकासमा सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कमलामाई नगरपालिका ६ नम्बर वडा अध्यक्ष उज्ज्वल कुमार थापाले आधुनिक प्रविधिका कारण पत्रकारीतामा धेरै सहजता ल्याए पनि केही विक्रिती बढाउदै लगेकाे बताए ।

नेपाल रेडक्रस साेसाईटी सिन्धुलीका सभापति अशाेक श्रेष्ठले जिल्लामा अहिले पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने चलन गराउदै गएकाे बताउदै बर्षमा एक पटक राम्रो काम गर्ने पत्रकारलाई सम्मान गर्ने वातावरण बनाएमा काम गर्न हाैसला मिल्ने बताए ।

फाेटाे पत्रकार भेलामा नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा, प्रेस सन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ, प्रेस यूनियन सिन्धुलीका अध्यक्ष बरूण लामिछाने, राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेश निवर्तमान सदस्य तथा प्रेस चौतारी नेपाल सिन्धुलीका कोषाध्यक्ष बलवीर भुजेल लगायतको उपस्थिती रहेकाे थियाे ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर