सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका १ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन् ।
घिसिङ्को घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकीको बाख्रा भालुले लगेको थियो । हिजो शुक्रबार बाख्रा खोज्न गोपिलालसहित ७/८ जना जंगल पुगेका थिए । सोही क्रममा भालुले गोपिलालमाथि आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गर्दनको हड्डी र हातको नाडी भाँचिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया