वीपत्तीबाट जोगिएका गुरूकुलका वटुकहरुलाई सहयोग

सिन्धुली ।  विपत्ती खेपेका सुनकोशी गाउँपालिका १ आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका बटुकहरुका लागि सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी आवासिय माविले शनिबार खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । रोशीखोला र सुनकोशी नदीमा बाढी आएपछि गत ११ र १२ असोजमा धार्मिक विद्यालय गुरुकुलका प्राचार्य सहित ती वटुकहरु बीचमा फसेपछि सरकारले तीनदिनमा हेलिकप्टरबाट उद्धार गरेको थियो । रोशी र कोशीको बाढीले मन्दिर र विद्यालयमा क्षती गरेको छ ।

३० जना वटुकहरुलाइ खाद्यान्न तथा स्टेशनरीको अभाव भएको जानकारी आएपछि ३० बोरा चामल सहित एकसरो सबै सामान करिव  डेढ लाख बराबरको सहयोग गरेको भगवती माविका प्रिन्सिपल कृष्णकुमार उप्रेतीले बताए । दान सहयोगबाट आधारभुत तह कक्षा ८ सम्म चलेको विद्यालयमा आएको सहयोगले विपत्तीबाट जोगिएका वटुकहरुलाइ ठुलो राहत भएको प्राचार्य नारायण घिमिरेले जानकारी दिए । सिन्धुली, काभ्रे, रामेछाप, महोत्तरी, दाङ जिल्लाका वटुकहरु गुरुकुलमा रहेर अध्ययनरत छन् ।

यतिखेर पनि रोशी र कोशीको बीचमा रहेको मन्दिर तथा गुरुकुलमा पुग्न सहज छैन् । रोशीखोला पार गरेर आउजाउ गर्न वटुक तथा स्थानीयलाइ समस्या छ । सरकारले मन्दिर तथा विद्यालयको संरक्षण एवं आउजाउ गर्नका लागि रोशीखोलामा ह्यूमपाइप राखेर बाटो खोलिदिन सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले माग गरेका छन् ।

 

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर