बागमतीमा १ अर्ब ४५ करोड बढीको कृषि बाली क्षति, सिन्धुलीमा १० करोडको नोक्सान

हेटौँडा । बागमती प्रदेशमा असोज दोस्रो साता आएको अविरल वर्षाका कारण १ अर्व ४५ करोड भन्दा बढिको कृषी बालिमा क्षति भएको छ ।
असोज दोस्रो साता लगातारको वर्षासँगै आएको बाढी पहिरो र डुवानका कारण बागमती प्रदेशका १३ जिल्लामा अनुमानित १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार मुल्य बराबरको कृषी बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।
मनसुनजन्य विपदले प्रदेशको ६ हजार ८७७.३ हेक्टर जमिनको कृषी बालीमा क्षति पुगेको प्रदेशको कृषी तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयको अनुमानित तथ्यांक अनुसार काभ्रेपलाञ्चोकमा मात्रै ४७ करोड ६ लाख ९१ हजार बराबरको कृषी बालिमा क्षति पुगेको छ । काभ्रेको १३ स्थानीय तहको १ हजार २३६ हेक्टर क्षेत्रफलमा लगाईएको कृषी बालिमा क्षति भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।
यस्तै, सिन्धुलीको कुल ८ सय ७६ हेक्टर क्षेत्रफलमा लगाईएको ९ करोड ८८ लाख ३८ हजार मुल्य बराबरको कृषी बालिमा क्षति पुगेको अनुमान गरिएको छ । मन्त्रालयको तथ्यांक अनुसार रामेछापमा २ करोड ३६ लाख ३२ हजार र दोलखामा ७ लाख १२ हजार मुल्य बराबरको कृषी बालि क्षति भएको प्रारम्भिक अनुमान छ ।
स्थानीय तहहरुबाट अझै क्षतिको लगत संकलन कार्य जारी रहेको मन्त्रालयका अनुगमन महाशाखा प्रमुख सुजन कँडेलले जानकारी दिनुभयो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया