कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा  सिन्धुलीकी बर्मा सहित १८ सदस्य नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सिन्धुलीको विजुला बर्मा सहित १८ सदस्य नियुक्त भएका छन् ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम सदस्यमा विजुला बर्मा सहित १८ जना नियुक्त गरेका हुन् ।

१. विजुला वर्मा, सिन्धुली

२. डा. जगदीशचन्द्र पोखरेल, तनहुँ

३. छन्दबहादुर पहराई, गुल्मी

४. कविराज पण्डित, बाजुरा

५. डा. केदारनरसिंह के.सी., नुवाकोट

६. रिना उप्रेती (के.सी.), सोलुखुम्बु

७. वीरेन्द्र यादव, धनुषा

८. डा. कृष्णप्रसाद पौडेल, कास्की

९. भरत प्रसाई, झापा

१०. कमल कार्की, भक्तपुर

११. बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक

१२. डोलराज भुसाल, स्याङ्जा

१३. प्रताप पौडेल, बाग्लुङ

१४. हजारी नेपाली (वादी), जाजरकोट

१५. विश्वदिप लामिछाने, काठमाडौं

१६. नाहिदा परविन, रौतहट

१७. भवानी पन्त, कञ्चनपुर

१८. अनार बस्नेत, काठमाडौं


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर