खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुँदै, हेटौँडाबाट हिँड्यो ५ वटा ट्रक

सिन्धुली । खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुने भएको छ। हेटौंडाबाट बेलिब्रिजका सामान ल्याएर तत्काल जोडिने भएको हो।
लगातारको वर्षाले गत हप्ता सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएको थियो। रामेछाप जोड्ने बीपी राजमार्ग अस्थायी रुपमा खोल्ने प्रयास भइरहदाँ सुनकोशीमा बेलिब्रिज राख्ने तयारी भैरहेको सडक डिभिजन कार्यलय खाल्टेले जनाएको छ।
‘हेटौडाबाट बेलिब्रिजका समान मगाएका छौँ। ४–५ वटा ट्रकमा समान आउँदै छ,’ डिभिजन कार्यालयका इन्जिनियर प्रदिप तमाङले भने, ‘बेलिब्रिज जोड्न २ हप्ताबढी लाग्ने देखिन्छ।’
उनले रामेछाप जोड्न सित्खा र दोलखा हुँदै जान सकिन्छ। खुर्कोटको पुल बगेपनि सडक सम्बन्ध भने टुटेको छैन।
‘नेपाली सेना र हाम्रा प्राविधिक लागेर बनाउने हो। कति दिनलाग्छ भन्ने अहिले नै भन्न सकिँदैन,’ उनले भने, ‘दसैँअघि नै पुल सञ्चालन गर्न सक्ने त देखिँदैन।’
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया